arrow

नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
nepal-police12.jpg

काठमाडौं ।  एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर  बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । 

बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको  अन्सारीमाथि आरोप छ । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ