arrow

आजदेखि बालबालिकालाई खोप : कसले नलगाउने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
Covid-vaccine-corona.jpg

काठमाडौं । आजदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान शुरु भएको छ  । बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । 

खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिने छ ।

खोप लगाएपछि  १० जनामध्ये सरदर १ जनामा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

यस्तै, खोप लगाइसकेपछि सामान्यतया हुने १०० जनामध्ये एक जनामा वाकवाकी लाग्ने, वान्ता लाग्ने, सुई लगाएको रातो ठाउँमा रातो हुने हुन्छ । 

 बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन् । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो । 

पाँच वर्षभन्दा कम र १२ वर्षभन्दा बढी उमेरकाले खोप लगाउन मिल्दैन । पहिलो मात्रा खोप लगाएर कुनै गम्भीर प्रकारको एलर्जी भएमा, कोभिड भएकाले खोप नलागाएको ठिक हुनेछ ।  

गम्भीर बिरामी भएका वा उच्च ज्वरो आएका इम्युनोग्लोबुलिन, कन्भलेसेन्ट प्लाज्मा उपचारमा बसेएका बिरामीलाई खोप नलगाउन चिकित्सकको आग्रह छ । 

पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खापको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेकाले सबैले खोप लगाउन आग्रह गरे । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ । 

यस्तै, दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ