arrow

बुद्धभूमिको बजेट १ अर्ब १९ करोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
buddhhabhumi-nagar.jpg

बुद्धभूमि । बुद्धभूमि नगरपालिकाले आगामी आव ०७९/०८० का लागि कुल १ अरब १९ करोड ९५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ ।

बिहीबार नगरपालिकाको सभा हलमा भएको ११ औं नगर सभामा बुद्धभूमि नगरपालिकाकी उप-प्रमुख मीरा थारुले उक्त बजेट प्रस्तुत गरेकी हुन ।

उप-प्रमुख थारुद्वारा प्रस्तुत बजेटमा भौतिक पूर्वाधार विकास समिति तर्फ रु.२८ करोड ८९ लाख, आर्थिक विकास समिति तर्फ रु.२ करोड ८९ लाख, सामाजिक विकास समिति तर्फ रु.७ करोड ६६ लाख, बन वातावरण तथा विपद् व्यवस्थापन समिति तर्फ रु.१ करोड ७६ लाख र संस्थागत विकास तथा मानव संसाधन क्षमता विकास तर्फ रु.११ करोड ५५ लाख बराबर रहेको छ ।

नगरपालिकाले निशर्त तर्फ रु.५२ करोड ६ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । जुन नगरभित्रका कर्मचारीको तलब भत्तासहितको बजेट रहेको छ ।

यस्तै सशर्त तर्फ बुद्धभूमि नगरपालिकाले रु.६७ करोड ८९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्यका कर्मचारीको तल भत्ता सुविधा र बृत्ताभत्ता समेत गरि यो बजेट आएको छ । जसमा चालु वर्षको भन्दा केही बजेट घटेको छ ।

जसमा सशर्त को भौतिक पूर्वाधार तर्फको बजेटमा ४.५ प्रतिशत, आर्थिक विकास समिति तर्फ २.३ प्रतिशत, बन तथा वातावरण तर्फ २.१ प्रतिशत बजेट गत आवको तुलनामा घटेको छ ।

यस्तै सामाजिक तर्फ ४.१ प्रतिशत र संस्थागत विकास तथा मानव संसाधन क्षमता विकास तर्फ ४.७ प्रतिशतले गत आवको भन्दा बजेट बढेको नगरपालिका द्वारा प्रस्तुत बजेटमा उल्लेख छ ।

नगर सभामा उपप्रमुख थारुले प्रस्तुत गरेको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ र नगर दररेट सर्वसम्मतले बिहीबार नै पारित गरिएको नगरका प्रशासकीय अधिकृत राजन पोख्रेलले जानकारी दिए।

बिहीबार नै नगर प्रमुख केशव कुमार श्रेष्ठद्वारा प्रस्तुत आव ०७९/८० को नीति तथा कार्यक्रम पनि सर्वसम्मत रूपमा पारित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ