arrow

प्रतिलिटर पेट्रोलियम पदार्थ २६.६२ रुपैयाँ कर हटाउन शेखर कोइरालाको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाईराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । 

यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म कायम राख्नुपर्ने उनको भनाइ छ । उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।

कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५।२३ को आधा रु १२।६२ गरी जम्मा रु २६।६२ प्रति लिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघटदा सम्म नलिने निर्णय गरोस्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ