arrow

एमाले अध्यक्ष ओली बिहीबार बैंकक जाँदै, आधा महिना उतै बसाई

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
kp-oli.png
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बिहीबार थाइल्याण्डको राजधानी बैंकक जाँदैछन् ।  
 
अध्यक्ष ओली बिहीबार दिउँसो १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहने छन् ।  
 
एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जाने छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ