arrow

भोट हाल्न गएकी हजुरआमाको हत्यामा नाति निरबहादुर पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
nire.jpg

झापा । आफ्नै हजुरआमाको हत्या गर्ने झापाको गौरादह नगरपालिका वडा न.३ का २९ वर्षीय हरि भन्ने निर बहादुर खडका पक्राउ परेका छन् । 

खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा शङ्कास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भएसँगै मृतक महिलालाई कर्तब्यगरी हत्या गर्ने नातिलाई प्रहरीले पक्राउ गरेको छ । 

गत वैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको शङ्कास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानी खुट्टा घर भई हाल इटहरी उप-महानगरपालिका-१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको भन्ने खुल्न आए सँगै हत्यामा संलग्न रहेका नाति निर बहादुर खडकालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । 

 हजुरआमाको कर्तव्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टा स्थित नेपाल भारत सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा असार ८ गते बिहान पक्राउ गरेको हो । 

पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई स्थानीय तहको निर्वाचनमा भोट हाल्न भनी वैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिई गएकोमा बराहपोखरी-५ स्थित दुधकोशी नदीको बगरमा कर्तव्य गरी मारी खाल्डोमा पुरी भागी फरार भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका खड्काको कर्तव्य ज्यान सम्बन्धी कसुरमा सम्मानित जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ