arrow

बैंकिङ कसुरमा फरार रहेका पुन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
pakrau9.jpg

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बागलुङको गल्कोट नगरपालिका वडा नं. १ दुदिलाभाटीका ५७ वर्षीय जंगबहादुर पुन रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका पुन अदालतबाट पाँच दिन कैद र १२ लाख ५५ सय रुपैयाँ जरिवाना तोकिएका थिए । त्यसै दिनदेखि पुन फरार रहेका थिए । 

पक्राउ परेका पुनलाई फैसला कार्यान्वयनका लागि बागलुङ जिल्ला अदालत बागलुङ पेश गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ