arrow

जन्ती बस दुर्घटना, २९ घाइते

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
भक्तपुर। भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
 
जन्ती लिएर जाँदै गरेको बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज बिहान ११ :४५ बजे नगरकोट–५ स्थित सुडालमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए।
 
घाइते हुनेहरुमध्ये ११ जनाको मध्यपुर अस्पताल थिमिमा र १८ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेको सङ्ख्या थप हुन सक्ने उनले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ