arrow

फेरि मन्त्रालयमा लफडा भो, शिक्षा माओवादीलाई दिने विषयले मच्चियो सनसनी

देउवा परे फसादमा

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
sher-and-ram-G.jpeg
काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारमा पठाउने मन्त्री सिफारिसबारे भएको किचलो अन्त्य भएको चर्चा बाहिर आएको छ । यद्यपि, किचलो अन्त्य भइसकेको भन्न हतार हुनेछ । 
 
मन्त्री सिफारिसमा फेरि अर्को संकट आइपरेको छ । शिक्षा र स्वास्थ्य मन्त्रालय माओवादीलाई दिने पक्का पक्की भएपछि कस्लाई कुन मन्त्रालय तोक्ने भन्ने फेरि आन्तरिक लफडा भएको छ ।
 
शिक्षा मन्त्री हुने चर्चामा रहेका अर्जुननरसिंह केसीका सहयोगिले भने, ‘शिक्षा मन्त्रालय उता दिने पहिल्यै पक्का भएको रहेछ । सोही कारण अहिले मन्त्रालयबारे आन्तरिक लफडा भएको छ । कांग्रेसलाई फेरि एउटा मन्त्रालय थप्ने कि नथप्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’ रामचन्द्र पौडेललाई पाँच मन्त्रालय दिने सहमति भने भइसकेको उनले बताए । 
 
उता, प्रधामन्त्रीको निजी सचिवालयले स्रोतका अनुसार शेरबहादुर देउवा र प्रधानमन्त्रीबीच अहिले केहिबेर अघि टेलिफोन कुराकानी भएको । शिक्षा र स्वास्थ्य माओवादीले नै राख्ने कुरा भएको छ । 
 
प्रधानमन्त्री दाहालका एक सहयोगिले आधिकारिक निर्णय आउन बाँकी रहेको बताउँदै भने, ‘शिक्षा र स्वास्थ्य यतै दिने पक्का भएको छ । १४ मन्त्रालय कांग्रेसले पाउने कुरामा भने कुरो सुनिएन ।’ उनले सपथ ग्रहण भने विहिबार सम्भावना नरहेको बताए ।  
 
रामचन्द्र पौडेलका सहयोगिका अनुसार आफुहरुलाई ५ मन्त्रालय दिने कुरा भएको छ । पौडेल पक्षबाट पाँच मन्त्री को–को हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । कांग्रेसको भागमा परेका १३ मन्त्रीमध्ये ५ जना रामचन्द्र पौडेल पक्षबाट र बाँकी ८ जना सभापति देउवा पक्षबाट सहभागी हुने विहान देउवा निवासमा बसेको बैठकले सहमति गरेको थियो । फेरि पछिल्लो समय मन्त्रालयमा लफडा निम्तिएको छ । 
 
पार्टी सभापति देउवा शुक्रबार स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले विहिबार साँझसम्म मन्त्रीको नाम दुवैपक्षले टुंगो लगाउने तयारी गरेका छन् । कांग्रेसले मन्त्रीको नामावली दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संभवतः शुक्रबार नै मन्त्रिमण्डल विस्तार गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ