arrow

निधिले राष्ट्रपतिलाई भेटे

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
sital-niwas-new-pic.jpg.jpeg
काठमाडौँ । उप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधि विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका हुन् । 
 
भेटमा उपप्रधानमन्त्री निधिले भारत भ्रमणका बेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहरुले नेपालप्रति देखाएको सदासयताका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 
भारत भ्रमणमा उपप्रधानमन्त्री निधिले राष्ट्रपति भण्डारीका तर्फबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुका साथै राष्ट्रपति भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी गरेका थिए । निधिले भारत नेपालको राष्ट्र प्रमुख र प्रधानमन्त्रीलाई स्वागत गर्न आँतुर रहेको समेत राष्ट्रपति भण्डारीलाई जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ