arrow

जनयुद्धका घाइतेले मागे पहिचानसहितको परिचयपत्र

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
januddhaghaite.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धा टोलीले उपचार एवम् पहिचानसहितको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा घाइते, अपाङ्ग योद्धाका प्रतिनिधिले जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 
 
भेटमा प्रधानमन्त्रीले घाइते योद्धाको निःशुल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न पहल गर्ने बताए । 
 
प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेले उठाएका मागलाई सम्बोधन गर्न अन्य राजनीतिक दलसँग पनि छलफल गर्ने आश्वासन दिएको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ