arrow

नव जनवादी क्रान्तिको तयारी भइरहेको छ, फेरि बन्दुक उठाउँछौ : वैद्य

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
Mohan-baidya.jpg.jpeg
बुटवल । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले जनताको हक र अधिकारलाई स्थापित गर्न फेरि बन्दुक उठाउने चेतावनी दिएका छन् । 
 
वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताए । राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका समस्या समाधान गर्न आफूहरू नव जनवादी क्रान्तिको तयारीमा रहेको उनको जिकिर छ ।  
 
जारी संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै वैद्यले संविधान खारेज नै गर्नुपर्ने तर्क गरे । 
 
पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिन बुटवल पुगेका अध्यक्ष वैद्यले विहिबार बिहान पत्रकारहरुसँगको भेटघाटमा मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको बताए । 
 
उनले असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको हुने उल्लेख गरे ।  
 
वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाएको कुराले पनि मुलुकका लागि राम्रो सङ्केत नगरेको वैद्यको टिप्पणी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ