arrow

‘वारि जमुना पारि जमुना’ गाउने गुरुङ रहेनन्

logo
प्रकाशित २०७३ भदौ ९ बिहिबार
khem-raj-gurung-nidhan.jpeg
काठमाडौं । चर्चित गीत‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको ४२ वर्षको अल्पायुमै निधन भएको छ । गुरुङको ‘आलुतामाले’ गीतसमेत निकै लोकप्रिय छ ।
 
जण्डिस विग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा उपचार गराइरहेका गुरुङको विहीबार साँझ निधन भएको हो । उनको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
 
चिकित्सकका अनुसार गुरुङको कलेजो विग्रिएको र मृगौलामा समेत समस्या थियो । थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले नाकुक अवस्थामा बाहिर लैजान उपयुक्त नहुने भन्दै सुझाएका थिए ।
 
परिवारले दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरेको थियो । गुरुङको निधनको खबरले अस्पताल परिसरमा भीडभाड सुरु भएको छ । गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लैजाने तयारी भएको छ । 
 
गुरुङका आलुतामा, जीवन, जीवन–२, धरान–पोखरा, सोल्टी, अनमोल, ढाक्रे, घुमफिर लगायत गीती एल्बम चर्चित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ