arrow

रुसले गर्‍यो युक्रेनी सैनिक रिहा, भवनमा आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
ukr-army.jpg

काठमाडौं ।  रुस-युक्रेन युद्ध चार महिना देखि जारी छ । बुधवार रुसले १४४ युक्रेनी सैनिकहरूलाई रिहा गरेको छ । 

युक्रेनी गुप्तचरका अनुसार मस्कोले अजोभस्टल स्टिलवर्कका रक्षकहरू सहित १४४ युक्रेनी सैनिकहरूलाई रिहा गरेको छ।

बदलामा युक्रेनले पनि केही रुसी सैनिकलाई रिहा गरेको छ । गत महिना करिब २ हजार ५ सय युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।

यसैबीच, रुसी सेनाले बुधबार बिहान दक्षिणी युक्रेनी सहर मिकोलायेभको एउटा भवनमा आक्रमण गरेको छ ।

आक्रमणमा दुई युक्रेनी नागरिक मारिएका छन् भने तीन जना घाइते भएका छन् । आक्रमण बम हो वा मिसाइल आक्रमण भन्ने अझै स्पष्ट भई नसकेको त्यहाँका गभर्नर भिटाली किमले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ