काठमाडौं। पार्टी भित्रको लामो रस्साकस्सीपछि अन्तत काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नामावलीलाई पूर्णता दिएको छ। काँग्रेसले विभिन्न जाती, क्षेत्र, समुदाय र लिङगलाई समेटेर मन्त्रीमण्डलमा पठाएको छ। काँग्रेसले पठाएका मन्त्रीहरुको नामावली र उनीहरुले पाएको मन्त्रालयको विवरण यस प्रकार छ।
अर्जुननरसिंह केसी
शहरी विकास
सितादेवी यादव
शान्ति तथा पूनर्निर्माण
वालकृष्ण खाँड
रक्षा
डा प्रकाशशरण महत
परराष्ट्र
सूर्यमान गुरुङ
श्रम तथा रोजगार
जीवन बहादुर शाही
पर्यटन
रोमी गौचन थकाली
वाणिज्य मन्त्रालय
हृदयराम थानी
सहकारी तथा गरिवी निवारण
दिपक गिरी
सिंचाई
गगन थापा
स्वास्थ्य
नविन्द्रराज जोशी
उद्योग
शंकर भण्डारी
वन
केशव कुमार वुढाथोकी
सामान्य प्रसासन
पार्टी नेताहरुले सरकारमा सहभागि हुन जानेहरुको वरियता पनि टुङगो लगाउन गृहकार्यमा रहेको बताइएको छ। काँग्रेस सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समुहका तर्फबाट गरिएको लामो गृहकार्य पछि मन्त्रीहरुको नाम टुङगो लागेको हो। मन्त्रीहरुलाई शुक्रवार विहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको बताइएको छ। सपथ सकिए लगत्तै सभापति देउवा उपचारका लागि पत्नी सहित सिंगापुर जाने कार्यक्रम रहेको छ।
काँग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी र भौतिक पूर्वाधार मन्त्री रमेश लेखक यसअघी नै नियुक्त भइसकेका छन्।