arrow

(अपडेट) कालीखोला दुर्घटनामा मृत्यु हुने १९ पुगे, १३ घाइते

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
trishuli-bus-accident-chitwan.jpeg
मुग्लिङ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत कालीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
 
उद्दारमा संलग्न एसपी बसन्त कुँवरका अनुसार १९ जनाको शव प्राप्त भइसकेको छ ।
 
१३ जना घाइतेलाई उद्दार गरी भरतपुर अस्पतालमा पठाइँदै छ । 
 
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान पौने ५ बजेतिर भएको सो घटना जुगेडी र सिमलटारको बीचतिर कालीखोलाको चण्डिभञ्ज्याङमा दुर्घटना भएको हो ।
 
बस दुर्घटना भई त्रिशुली नदीमा डुबेको छ ।
 
ग १ ख  ३७०९ नम्बरको बस गौरबाट पोखरा जाँदै गरेको थियो ।
 
बसमा अधिकांश युवा सवार थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ