arrow

सीआईबीको पञ्जामा परे बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १७ शुक्रबार
Arrest-Crime.jpg

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवाना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका शर्मा र गुरुङलाई शुक्रबार बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा रु ५५ लाख जरिवना तथा गुरुङलाई रु नौ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो । 

पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि शुक्रबार जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ