arrow

काँग्रेसबाट मन्त्री बन्नेहरुको टुंगो लाग्यो, सपथको टुंगो लागेन

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
sital-niwas.jpeg
काठमाडौं। नेपाली काँग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रम रहे पनि अहिलेसम्म राष्ट्रपति कार्यालयबाट बोलावट नआएको मन्त्रीका लागि सिफारिस भएकाहरुले जनाएका छन् । शुक्रबार बिहान ९ बजे सपथ ग्रहण बताइए पनि अहिलेसम्म खवर नआउनुले भने कतिबेला होला भनी प्रतिक्षा बढेको छ । 
 
मन्त्रीहरुलाई शुक्रवार विहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाए लगत्तै पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि पत्नीसहित सिंगापुर जाने कार्यक्रम रहेको छ। तर अहिलेसम्म खवर नआउँदा भने आश्चर्य लागेको सिंचाइ मन्त्रीको जिम्मेवारी पाउँदै गरेका दिपक गिरीले जानकारी दिए । 
 
पार्टी भित्रको लामो रस्साकस्सीपछि अन्तत काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नामावलीलाई बिहीबार पूर्णता दिएको थियो । काँग्रेसले विभिन्न जाती, क्षेत्र, समुदाय र लिङगलाई समेटेर मन्त्रीमण्डलमा पठाएको छ। 
 
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मा कोषाध्यक्ष सीतादेवी यादवलाई, रक्षा मन्त्रालयको जिम्मा बालकृष्ण खाँडलाई सहरी विकास मन्त्रालयको जिम्मा अर्जुननरसिंह केसीलाई, परराष्ट्र मन्त्रालयको जिम्मा डा. प्रकाशशरण महतलाई, श्रम तथा रोजगार मन्त्रालयको जिम्मा सूर्यमान गुरुङलाई, पर्यटन मन्त्रालयको जिम्मा जीवनबहादुर शाहीलाई, बाणिज्य मन्त्रालय रोमी गौचन थकालीलाई, सहकारी तथा गरिवी निवारण मन्त्रालय हृदयराम थानीलाई, सिंचाई मन्त्रालय दिपक गिरीलाई, स्वास्थ्य मन्त्रालय गगनकुमार थापालाई, उद्योग मन्त्रालय नविन्द्रराज जोशीलाई, वन मन्त्रालय शंकर भण्डारीलाई, सामान्य प्रशासन मन्त्रालय केशव कुमार बुढाथोकीलाई दिने निर्णय अनुसार नामावली पठाइएको हो । 
 
काँग्रेस सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समुहका तर्फबाट गरिएको लामो गृहकार्य पछि मन्त्रीहरुको नाम टुङगो लागेको हो। काँग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी र भौतिक पूर्वाधार मन्त्री रमेश लेखक यसअघी नै नियुक्त भइसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ