arrow

(अपडेट) कालीखोला बस दुर्घटना: मृतक –२०, घाइते–१७, चालक र सहचालक गायब

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
qqqqqqqqqqqqqqqq.jpeg
चितवन । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ । घटनास्थलबाट १७ जना घाइतेको उद्धार भएको छ । 
 
सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समितिका महासचिव योगेन्द्र केसीले बताए । अन्य दुई जना नदीमा हराइरहेको शङ्का गरिएको छ । 
 
उनीहरुको खोजी कार्य जारी रहेको छ । चालक र सहचालकको अवस्थाबारे जानकारी हुन नसकेको प्रहरीले जनाएको छ । 
 
मृतकको सनाखत हुन नसके पनि अधिकांश यात्रु मुग्लिनबाट पोखरातर्फका भएको केसीले बताए । आँबुखैरेनी, दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको केसीले बताए । बिहीबार साँझ ६ बजे सो बस गौरबाट छुटेको केसीले जनाए । 
 
बिहान ४ः४५ बजे बस त्रिशूलीमा खसेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । कुँवरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोली उद्धारमा जुटेको छ । 
 
केही घाइतेलाई उपचारका लागि भरतपुरका अस्पतालमा ल्याइएको छ भने केहीलाई ल्याइँदैछ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ सडकबाट झन्डै एकसय मिटर तल बस त्रिशूली नदीमा खसेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ