arrow

नवजात शिशुको हत्यारा जोडीलाई जन्मकैद

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
jailed.jpeg
फलेवास । अवैध गर्भधारणपछि जन्मेको शिशुको हत्या गरेको अभियोगमा पर्वत जिल्ला कारागारमा थुनामा रहेका प्रेम जोडीलाई पर्वत जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । 
 
पर्वतको नाङ्गलिबाङ्ग–४ की १८ वर्षीया सङ्गीता रेग्मीलाई शिशु हत्यामा जन्मकैदको फैसला गरेको हो भने उनका प्रेमी बागलुङ नगरपालिका–१ रामरेखाका १९ वर्षीय मनोज बोहोरालाई जन्मकैद सजाय सुनाएको हो । 
 
पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार दुई प्रेमीप्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ । 
 
अदालतले पर्वत नाग्लिवाङ–४ की सङ्गीता रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ ९३० बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने बाग्लुङ नगरपालिका–१ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३९४० बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो । 
 
रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अवैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो । 
 
रेग्मीले नाङ्गलिबाङ्ग–४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कात्तिक २१ मा जन्म दिई धाँजा फाटेको ठाउँमा शिशु फालेको प्रहरीले फेला पारेकोे थियो । शिशुको शव काग, गिद्धले बाहिर निकालेको अवस्थामा भेटिएपछि स्थानीयवासीले कात्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए । 
 
बागलुङमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । 
 
उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी २०७२ मङ्सिर १६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यानअन्तर्गत मुद्धा दायर गरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ