१२८ करोडको कार, दुई वटा निजी जेट यस्तो छ रोनाल्डोको जीवन
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
863
Shares
काठमाडौ । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वकै तेस्रो धनी खेलाडी हुन् । फोर्ब्सका अनुसार रोनाल्डोले २०२२ मा १४ सय ५१ करोड कमाएका छन् । सन् २०२० मा रोनाल्डोको कुल कमाई १२ हजार ६३२ करोड नाघेको थियो । सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ ।
रोनाल्डोसँग करिब १९ वटा लक्जरी कार छन्, तर तीमध्ये सबैभन्दा शक्तिशाली बुगाटीको लक्जरी चान्टिडियोची हो। यो कार अहिलेसम्म १० बटा मात्र बनाइएको छ। जसमध्ये एउटा रोनाल्डोसँग छ । यो गाडीको मूल्य करिब १२८ करोड रुपैयाँ रहेको छ । कारको सबैभन्दा ठूलो विशेषता यसको गति हो ।
सन् २०१५ मा, क्रिस्टियानो रोनाल्डोले निजी जेट गल्फ स्ट्रिम जी२०० किनेका थिए। यो जेटको मूल्य ३१५ करोड रुपैयाँ छ । उनी रियल मड्रिडबाट खेलेको समय रोनाल्डोले यो लक्जरी जेट लिएका थिए । यो जेट प्रतिघण्टा ९०१ किलोमिटरको गतिमा उड्न सक्छ।
यसबाहेक रोनाल्डोसँग अर्को विशाल जेट गल्फस्ट्रिम ६५० छ। गल्फ स्ट्रिम ६५० को मूल्य ८१४ करोड रुपैयाँ छ। यो जेटमा १८ जनाले यात्रा गर्न सक्छन् र यो ९५४ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ ।
पोर्चुगलको राजधानी लिस्बनमा रोनाल्डोको सबैभन्दा महँगो घर छ । जसको मूल्य करिब १३१ करोड रुपैयाँ छ । सन् २०१९ मा सिरी ए प्रतियोगिता जितेपछि रोनाल्डोले स्पेनको मार्बेला कन्ट्री क्लबमा विलासी भिला किन्ने निर्णय गरे। रोनाल्डोले यो भिला करिब १३ करोडमा किनेका हुन् ।
रोनाल्डो २०१८ मा फुटबल क्लब युभेन्टसमा आबद्ध भए र केही दिन पछि उनले इटालीको टुरिनमा दुई वटा लक्जरी भिला किने। यस विलामा इनडोर र आउटडोर स्विमिङ पुलहरू सहितको जिम पनि समावेश छ। रोनाल्डोको यो भिलाको मूल्य करिब ८१ करोड रहेको छ ।
युरोपेली देशबाहेक रोनाल्डोको अमेरिकामा पनि विलासी अपार्टमेन्ट छ । रोनाल्डोको न्युयोर्कको ट्रम्प टावरमा रहेको २५०० वर्गफुटको लक्जरी अपार्टमेन्टको मूल्य २३४ करोड रहेको छ । यस अपार्टमेन्टको विशेषता यसको अचम्मको भित्री डिजाइन हो।
रोनाल्डोलाई घडीको पनि शौक छ । विश्वको सबैभन्दा महँगो घडी पनि रोनाल्डोसँग छ । उनीसँग भएको घडीको मूल्य करिब १८ करोड रुपैयाँ रहेको बताइएको छ ।