arrow

काँग्रेसबाट थपिएका १३ मन्त्रीले लिए सपथ

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
sapath.jpeg
काठमाडौं। नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी भएका १३ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बिहान पद तथा गोपनियताको सपथ खुवाएकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहालसंगै काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत काँग्रेस नेताहरु पनि थिए । 
 मन्त्रीहरुलाई राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाए लगत्तै पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि पत्नीसहित सिंगापुरका लागि अन्तिम तयारीमा छन् । 
 
सपथ लिएका मन्त्रीहरुमा कसलाई के को जिम्मा – 
 
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मा कोषाध्यक्ष सीतादेवी यादवलाई, रक्षा मन्त्रालयको जिम्मा बालकृष्ण खाँडलाई सहरी विकास मन्त्रालयको जिम्मा अर्जुननरसिंह केसीलाई, परराष्ट्र मन्त्रालयको जिम्मा डा। प्रकाशशरण महतलाई, श्रम तथा रोजगार मन्त्रालयको जिम्मा सूर्यमान गुरुङलाई, पर्यटन मन्त्रालयको जिम्मा जीवनबहादुर शाहीलाई, बाणिज्य मन्त्रालय रोमी गौचन थकालीलाई, सहकारी तथा गरिवी निवारण मन्त्रालय हृदयराम थानीलाई, सिंचाई मन्त्रालय दिपक गिरीलाई, स्वास्थ्य मन्त्रालय गगनकुमार थापालाई, उद्योग मन्त्रालय नविन्द्रराज जोशीलाई, वन मन्त्रालय शंकर भण्डारीलाई, सामान्य प्रशासन मन्त्रालय केशव कुमार बुढाथोकीलाई ।
 
काँग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी र भौतिक पूर्वाधार मन्त्री रमेश लेखक यसअघि नै नियुक्त भइसकेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ