arrow

जनताको अपेक्षा अनुसार नै काम गर्छु – स्वास्थ्य मन्त्री गगन थापा

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
sapath---Copy.jpeg
काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार नै काम गर्ने बताएका छन् । शुक्रबार बिहान राष्ट्रपति कार्यालय सितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै स्वास्थ्यमन्त्री थापाले हाम्राकुरालाई प्रतिक्रिया दिंदै जनाताको अपेक्षा अनुसार नै काम गर्ने गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए । 
 
उनले भने, ‘म जति समय सरकारमा बस्छु त्यो अवधिभर मैले जनताकै काम गर्नेछु ।’ 
 
पछिल्लो समय चिकित्सा क्षेत्रमा देखिएका विकृति विरुद्ध लागिरहेक वरिष्ठ चिकित्सक गोविन्द केसीको पक्षमा वकालत गर्दै हिंडेका मन्त्री थापाले सम्बन्धित मन्त्रालय नै पाइसकेपछि यसलाई गम्भीरपूर्वक लिने अनुमान गरिएको छ । 
 
मन्त्री थापाका लागि यो विषय अग्नीपरीक्षाजस्तै बनेको छ । 
 
उनले बिहान ११ बजे स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ