arrow

संसदमा केपी ओलीका प्रश्नैप्रश्नः करका दरको छानबिन होस्, के प्रधानमन्त्रीजी लाचार हुनु भएको हो ?’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
kp-oli-2079-03-20.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बेग्लै उद्धेश्यका लागि बजेट ल्याइएको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका संसदीय दलका नेता ओलीले करका दरको घोटाला त्यसकै नमूना भएको बताएका हुन् । 

उनले भने, ‘गरिमामय संसदमा प्रश्न उठेपछि उल्टै धम्क्याउने ? गृहमन्त्रालयको अनिवार्य पालना गर्नुपर्ने सीसीटीभी फुटेज के सडकमा मकै पोल्नेले मान्न पर्ने ? अर्थमन्त्रीले दिन नपर्ने ? यत्रो गम्भीर प्रश्न उठिराखेका बेलामा डिलिट भयो रे । यस्तो पनि हुन्छ ?’

अध्यक्ष ओलीले अर्थतन्त्रको अस्मिता लुट्ने काम भएको दाबीसमेत गरेका छन् । उनले भने, ‘ब्यापारीका प्रतिनिधि र बाहिरका मान्छे राखेर बजेट बनाइन्छ भने त्यो भन्दा लज्जाजनक विषय के हुन्छ ?’

उनले यसलाई आफूहरुले गम्भीरपूर्वक लिएकोसमेत बताएका छन् । उनले छानबिन समिति बनाउनसमेत माग गरेका छन् । सत्यतथ्य बाहिर आउनु पर्छ । प्रश्न उठेको छ । सही सत्यतथ्य छानबिन गरेर सम्माननीय प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ । 

के प्रधानमन्त्रीजी लाचार हुनु भएको हो ? कि गठबन्धन जोगाए पुग्ने हो ? सरकार जेसुकै होस् ? अब त हुँदा हुँदा फुटेज डिलेट गर्ने । डिलेट गर्न पाइन्छ ? मन्त्रीले त आउनुस् छानबिन गरौं भन्नुपर्ने थियो । म दोहोर्याएर भन्छु यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू संसदीय छानबिन गरौं । छानबिन हुनैपर्छ यस्ता विषयमा । विश्वमै नभएको यसरी बाहिरका विचौलिया राखेर बजेट बनाउन पाइन्छ ? सरकार मर्यादामा बस्नु पर्दैन ?’

उनले थपे, ‘यसको छानबिन गरेर प्रतिवेदन संसदमा आउनु पर्छ । यसको दायाँ बायाँ हुनुहुँदैन । खोइ जवाफदेहिता ? खै उत्तरदायित्व ? ओठे जवाफको कुरा होइन । प्रमाणसहितको कुरा आउनु पर्यो नि ।’

उनले करका दर घटाइएको र बढाइएको सबै सेटिङका आधारमासमेत भएको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ