arrow

परिणाम देखिने गरी काम गर्नुस् : परराष्ट्रमन्त्री डा. महत

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
Prakash-Saran-Mahat-copy1.jpg.jpeg
काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
 
मन्त्रीको शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा मन्त्री डा. महतले उपलब्ध स्रोत साधनको बढीभन्दा बढी उपयोग गरी काम गर्न निर्देशन दिएका हुन् । 
 
मन्त्रालय मातहतका सबै कार्यका बारेमा नियमित आफूलाई जानकारी गराउन निर्देशन दिँदै मन्त्री डा. महतले नियुक्त भएर जाने सबै राजदूतलाई स्रोत साधनको अत्यधिक उपयोग गरेर काम गर्न आग्रह गरे । उनले रिक्त बाँकी मुलुकमा पनि छिट्टै राजदूत पठाइने जानकारी दिए । 
 
ठूलो सङ्ख्यामा नेपाली कामदार भएका मुलुकबाट स्वदेशमा भित्रिने विपे्रषणलाई कम आँकलन गर्न नहुनेमा जोड दिँदै उनले भने  – “ती देशमा जाने राजदूतले अरुभन्दा बढी काम गर्नुपर्छ । मानव संशाधन कम भएको छ भने थप्न म पहल गर्नेछु ।” 
 
भारत र चीन दुवै नेपालका लागि महत्वपूर्ण छिमेकी मुलुक भएकाले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै उनले सम्बन्ध थप उचाइमा पुर्‍याउन पहल गर्ने विश्वास दिलाए । महतले भने  – “यो सम्बन्धलाई सुमधुर नगरी राष्ट्रिय अखण्डता, एकता र राष्ट्रिय स्वार्थलाई संवद्र्धन गर्न सकिँदैन ।” 
 
सत्तामा जो आए पनि राष्ट्रिय स्वार्थलाई संरक्षण गर्दै छिमेकीको चासो र चिन्तालाई पनि महत्वका साथ हेर्नुपर्ने उनको धारणा थियो । रासस  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ