arrow

ओलीविरुद्ध मोर्चाबन्दी गर्ने नेता किन पुगे एकै ठाउँ ?  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
prachanda-madhav-jhalanath-bamdev-narayankaji.jpg

काठमाडौं ।  आइतबार तत्कालीन  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता  भएपछि फेरी बाम गठबन्धनको बन्ने हो की भनी चर्चा हुन थालेको छ । पाँच दलीय गठबन्धनमा आबद्ध दलका चार जना नेताहरू र कम्युनिष्ट एकता गराउन चाहेका बामदेव गौतमबीचको भेटले नेपाली कांग्रेस र नकपा एमाले दुवै दललाई शसंकित बनाएको छ । 

पछिल्लो समय पाँच दलीय गठबन्धनबाट माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी मिलेर कांग्रेसलाई ठेगान लगाउने सम्मको षड्यन्त्र भइरहेको बताइन्छ । सङ्घ र प्रदेशको निर्वाचनअघि नयाँ गठबन्धन बन्नेमा सबै दल एक अर्काप्रति सशङ्कित भइरहेका छन् । यस्तो अवस्थामा नेकपाकालीन पाँच जना शीर्ष नेताको भेटले शङ्कामा बल पुर्‍याएको छ ।

अहिलेको गठबन्धन तोडेर कम्युनिस्टहरू जुट्ने हुन कि भन्ने चिन्तामा कांग्रेस छ भने आफू विरुद्ध सबै मिल्ने हुने कि भन्ने त्रासमा एमाले अध्यक्ष केपी ओली छन् । अर्कातर्फ कम्युनिस्टहरू फुटाउने र जुटाउनेमा वामदेव गौतम सबैभन्दा अगाडि रहेकोसमेत बताइन्छ । 

 यस्तो अवस्थामा आइतबारको भेटलाई माओवादीले भने राजनीतिक सम्भावना जे पनि हुनसक्ने रूपमा अर्थ्याएको छ । तर पहिलो प्राथमिकता ओली प्रवृत्ति विरुद्धको मोर्चाबन्दी हुने माओवादीका नेता विशाल खड्का बताउँछन् ।

उनले भने,' राजनीतिमा सबै सम्भावनाहरूको ढोका खुल्ला रहन्छ । पहिलो कुरा आधारभूत रूपमा वर्ग दृष्टिकोण र विचार मिल्ने कम्युनिष्टहरुको एकतालाई नै जोड दिने हुन्छ । कम्युनिष्टको नाममा केपी ओली प्रवृत्ति जो हाबी भयो । निरङ्कुश राजा बन्ने जुन प्रयत्न गर्नुभयो, त्यसको विरुद्धको मोर्चाबन्दी हो यो ।'

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच आइतबार साँझ ललितपुर हातिबनमा भेटवार्ता भएको थियो । 

भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ