arrow

इमान्दारीतापूर्वक काम गर्न मन्त्री गुरुङको निर्देशन

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
suryamangurung.jpeg
काठमाडौँ। नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । 
 
मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रष्ट पारे । 
 
वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले पनि जानकारी पाएको भन्दै उनले यसबारे आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने बताए । 
 
देशभित्रै रोजगारी सिर्जना गर्न तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ । 
 
ताप्लेजुङबाट समानुपातिकमा सांसद भएका गुरुङ यसअघि विसं २०६९ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा समेत सामान्य प्रशासनमन्त्री र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको रुपमा काम गरिसकेका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ