arrow

सभापति देउवा सिङ्गापुर प्रस्थान

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् । सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 
 
पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर गएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनेछन्  । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उनि आज त्यसतर्फ गएका हुन्  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ