arrow

मुलुकलाई दुर्घट्नाबाट बचाउन निर्वाचनः नेता श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ १० शुक्रबार
gopal-man-shrestha.jpeg
स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले मुलुकलाई दुर्घट्नाबाट बचाउन तिनओटा निर्वाचन अनिबार्य भएको बताएका छन्। स्याङ्जाको दीपजयोती युवाक्लवको १४ औं बार्षिकोत्सव समारोहमा आयोजित तीज महोत्सव तथा बृद्ध, अपाङ्ग, असाय एंव उत्कृष्ट कृषक सम्मानित कार्यक्रमको उदघाटन गर्दै नेता श्रेष्ठले मुलुकलाई बचाउन तिन तहको निर्वाचन २०७४ साल माघ भित्र गराउनु  पर्ने बताएका हुन्।
 
नेपाली जनताको चहाना अनुरुप मुलुकको संविधान नेपालीले नै लेख्नुपर्छ भन्ने माग पुरा भईसकेको अवस्थामा संविधान कार्यन्वयनका लागि पनि निर्वाचन अनिबार्य भएको नेता श्रेष्ठको भनाई छ । सत्ता पक्षको भुमिका काँग्रेसले निर्वाह गरिरहेको अवस्थामा व्यवस्थापिका संसदका सांसद समेत रहेका नेता श्रेष्ठले मधेशको समस्या समाधानका लागि सविधान संसोधनमा दलहरु एकठाँउमा आउनुपर्नेमा समेत जोठ दिए । मधेशी जनता पनि नेपाली जनता भएको उल्लेख गर्दै नेता श्रेष्ठले मधेशीको समस्या समाधान गर्न एमालेले पनि साध दिनुपर्नेमा जोड दिए । संविधान जारी गर्दा जसरी मुलुकमा दलहरु एकठाँउमा उभिएको स्मरण गर्दै नेता श्रेष्ठले संविधान कार्यन्वयनमा पनि सबैदलहरु एकठाँउमा उभिनुपर्ने बताए। 
 
नेपाली जनतालेले आन्दोलन गर्नुपर्ने दिन सकिएको बताउदै नेता श्रेष्ठले सबैदलहरु मिलेर राज्यपुर्नसंरचनाको खाका तयार गर्दै छिटो भन्दा छिटो निर्वाचन गराउनुपर्नेमा जोड दिए । अव आन्दोलन भन्दा पनि मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजानुपर्नेमा जोड दिदै पुर्व मन्त्री समेत भएका नेता श्रेष्ठले अवको युग भनेको युवाहरुको, महिलाहरुको र सबै जातजातीको युग भएको बताए । मुलुकमा भएको प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै मुलुकलाई आर्थिक समृद्धि तर्फ उन्मुख गराउन सबै राजनीतिकदलहरु एकजुट हुनेबेला आएको नेता श्रेष्ठको जोड थियो । सो कार्यक्रममा नेकपा एमाले अनुशासन आयोगका केन्द्रिय सदस्य चक्रबहादुर पराजुलीले एमाले र काँग्रेस एकठाँउमा नभएसम्म मुलुकले निकास नपाउने बताए । मुलुकमा जनताका अधिकारका लागि लड्दै गरेका समयको स्मरण गर्दै पराजुलीले दुईदल एकठाँउमा भएमात्रै मुलुकका हरेक समस्या समाधान हुने बताए । 
कार्यक्रममा गाविस भित्र र बाहिर रहेका अपाङ्ग, असाय, बृद्धबृद्धा तथा उत्कृष्ट किसानहरुलाई नगद सहित सम्मान गरिएको क्लवका अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिए । स्थानीय कलासंस्कृतिको जगेर्ना गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको क्लवले जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ