arrow

साढे तीन लाखको अवैध सामान बरामद

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ असार २२ बुधबार
illegal-goods-nawalparasi.jpg

नवलपरासी पश्चिम । सशस्त्र प्रहरी बल नेपाल, महेशपुर भन्सार र नेपाल प्रहरीको संयुक्त टोलीले छडके चेकजाँचको क्रममा जिल्लाको सरावल गाउँपालिका ७ बर्गदवा र पालिनन्दन गाउँपालिका २ मुडेराबाट करीब ३ लाख ५६ हजार पाँच सय रुपैयाँ बराबरको चिनीसहित विभिन्न सामान बरामद गरेको छ। ट्याक्टरको ट्रलीमा लोड गरी बेवारिसे अवस्थामा राखिएको सशस्त्र प्रहरी बल (बीओपी) भुजहवाका प्रहरी निरीक्षक धनबहादुर बुढाथोकीले बताए । 

बरामद गरिएको सामान आवश्यक काराबहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सूचना अधिकारी रोशन घिमिरेले जानकारी दिए । 

उक्त सामान भन्सार छलि सीमावर्ती भारतीय बजार ठुठुबारीबाट खरिद गरी नेपाली बजारमा बिक्रीका लागि ल्याइँदै थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ