arrow

प्रेस कमजोर भएमा मुलुक ध्वस्त हुन्छ : नेता गुरुङ्

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ भदौ १० शुक्रबार
dhanraj.jpg.jpeg
स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले प्रेस स्वतन्त्रता कमजोर भयो भने मुलुक ध्वस्त हुन सक्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्की शाखालाई आर्थिक सहयोग गर्दै नेता गुरुङ्ले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत प्रेस कमजोर हुदा प्रजातन्त्र कमजोर हुने, प्रजातन्त्र कमजोर भयो भने मानवअधिकार कमजोर हुने उल्लेख गरेका छन् ।
 
 पटक पटक प्रेस माथी हुने आक्रमणको विरोध गर्दै नेता गुरुङ्ले प्रेसलाई कमजोर बनाउदा जनताको सार्वभौमसत्ता कमजोर भयो भने बेथितिले मुलुक ध्वास्त हुनेछ गुरुङ्ले भनेका छन् । वेथितिले मुलुक ध्वास्त हुदा निरङ्कुशको जन्म हुने प्रति लक्षित गर्दै नेता गुरुङ्ले स्वतन्त्र प्रेसलाई बलियो बनाउनु पर्ने आजको आवश्यकता रहेको बताएका छन् । 
 
आर्थिक अभावका कारण मुलुकमा धेरै मिडियाहरु अफठ्यारोमा परेको भन्दै नेता गुरुङ्ले सरकारले हरेक जिल्लामा संचालन भएका मिडियाहरुलाई जोगाउन ठोस नीति ल्याउनु पर्नेमा समेत जोड दिए । मुलुकमा देखिएको बेथितिलाई जनता माझ पु¥याउने पत्रकारहरुको हक, हित र बृद्धिविकासका लागि आफुले सहयोग गरेको गुरुङ्को भनाई छ । पत्रकारहरुको अधिकारका लागि सदैव आफु साथमा रहेको उल्लेख गर्दै नेता गुरुङले समाजमा रहेका बिकृति र विसंगति विरुद्ध निर्धक्क भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह समेत गरे । 
 
जारी भएको संविधानलाई कार्यन्वयन गराउन पनि पत्रकारहरुको ठुलो भुमिका हुने भन्दै यस तर्फ पनि ध्यान दिन गुरुङ्ले पत्रकारहरुलाई जोड दिए । सबै भाषा, धर्म, वर्गको समेत सुरक्षा हुने खालको संविधान मुलुकमा जारी भइसकेकाले यसको कार्यन्वयन भएमा नेपालीहरुको मुहार फेरिने पनि गुरुङ्ले बताए । राष्ट्रिय समाचार समिति संचालक समितिका सदस्य गंगाधर पराजुली, नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, कास्की सभापति शिरोमणि बरालले कास्की प्रेस युनियनलाई सहयोगको निरन्तरताको कामना गरेका छन् । प्रेस युनियनले प्रजातन्त्र देखि लोकतान्त्रिक परिवर्तमा खेलेको भुमिकाको समेत चर्चा गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ