arrow

जनतालाई लाभ हुने गरी कार्य गर्ने मन्त्री थानीको दृढता

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
hirdayaram-thani.jpeg
काठमाडौँ । नवनियुक्त गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदबहाली गरेका छन् । पदबहालीको क्रममा राष्ट्रसेवक कर्मचारीलाई उनले सहकारीको अवधारणाअनुसार जनताको सेवालाई लक्ष्यमा राखेर सोही अनुसार गाउँ गाउँमा पुर्‍याउन निर्देशन दिए । 
 
विसं २०१७ जेठ २६ गते सुर्खेतमा जन्मिएका मन्त्री थानी विसं २०३५ मा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । उनले पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसबाट सिभिल विषयमा प्रमाणपत्र पूरा गरी ओभरसियर तथा शङ्करदेव क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक पूरा गरेका छन् । 
 
थानी विसं २०४३ देखि ०४८ सम्म नेवि सङ्घको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । उनि विसं २०४२ को सत्याग्रहमा भद्रगोलमा जेलमा परेका थिए । पटक पटक गरी करिब डेढ वर्ष जेल जीवन विताएका थानी विसं २०५६ को प्रतिनिभिसभा निर्वाचनमा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । 
 
थानीले प्रतिनिभिसभा अन्तर्गत राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारी पूरा गरेका थिए  भने विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा सोही स्थानबाट निर्वाचित भएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ