arrow

सैद्धान्तिक रुपमा निकट दललाई एकताबद्ध हुन थापाको आग्रह

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
kamal-thapa-1.jpg.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दललाई बलियो शक्तिका रुपमा स्थापित गर्नका लागि सैद्धान्तिक रुपमा निकट दललाई एकताबद्ध हुन आग्रह गरेका छन् । 
 
शुक्रवार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले मुलुकको राष्ट्रियता तथा राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रवादी शक्तिको एकताको खाँचो रहेकाले अब पार्टी प्रवेशको कार्यक्रमलाई देशव्यापी रुपमा अगाडि बढाइने बताए । 
 
पार्टीका उपाध्यक्ष टङ्क ढकाल र प्रवक्ता राजाराम श्रेष्ठले प्रदेशस्तरीय सङ्गठन सुदृढीकरणका लागि पार्टीले प्रशिक्षण कार्यक्रम सुरु गरेको जानकारी दिए । राप्रपा गोरखाका क्षेत्रीय अध्यक्ष भीषण अर्याल र नेता वीरमान गुरुङ आज सो दलमा प्रवेश गरेका छन् । रासस, 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ