arrow

दुई सय ७० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
gaja.jpg

पर्सा । प्रहरीले २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम सेमरी वडा नम्बर ११ ठेगाना भएका २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवा ठेगाना भएका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

परवानीपुरको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले यूपी २१ एएन ९९५७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ