arrow

विद्यालयका लेखापालको कुकुरको टोकाइबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
narendra-saud-killed-bite-dog.jpg

बैतडी । बैतडीमा कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका ७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँद रहेका छन् । 

उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो । 

उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए ।

परिवारका अन्य सदस्यहरूलाई पनि कुकुरले टोकेको आफन्त सूर्यबहादुर बोहराले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ