arrow

कर्णालीको राजनीति, कथा र ब्यथा

logo
भावना शाही, 
प्रकाशित २०७९ असार २५ शनिबार
bhawana-shahi1623312800.jpg

जुनबेला म कक्षा ७ मा अध्ययन थिएँ मुलुकमा माओवादी द्वन्द्व चर्किरहेको थियो । मेरा लागि अवस्था सामान्य थिएन । तर पनि म अटल भएर लागिरहेँ । सधैं मेरो जीवनमा बाधाअडचन आइअर्थे ।  यतिसम्मकि मार्ने धम्कीसमेत आए र पनि म नडगमगाइ नेपाली कांग्रेसको नेतृत्व हेरिरहेँ । पढाइ  निरन्तर अगाडि बढ्दै थियो मेरो घरपरिवारलाई माओवादीले लखेट्यो । हामी सदरमुकाम आइपुगेका थियौं । 

जुनबेला माओवादीले कांग्रेसलाई रोजी रोजी र खोजी खोजी जिउँदै जलाउँथे त्यो बेलामा म कांग्रेसमा सक्रिय भएर पार्टीको निर्देशनअनुसार नेविसंघको सदस्य बनेर काम गर्ने अवसर पाएँ । साथै नेपाल सांस्कृतिक संघ जिल्ला सभापतिको जिम्मेवारी पनि थपिएपछि अझ धेरै काम गर्नुपर्यो । यसको केही समय नबित्दै पोखरामा भएको संघको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित लगत्तै पार्टीको केन्द्रीय विभागको सदस्य हुँदै अहिले महाधिवेशन प्रतिनिधि बनेर राजनीतिमा सक्रिय छु । 

‘कांग्रेसको भावी रणनीति र कर्णाली’ अनि ‘के के हुन् कर्णालीका समस्या ?’ लगायतका प्रश्नले मलाई झक्झक्याउँछ । कर्णाली आफैंमा धनी प्रदेश हो । मुगु, जुम्ला र कालिकोटमा हजारौं जडिबुटी पाइने स्थानहरु छ्न् । ती स्थानहरुमा जडिबुटी खेती गर्न सकेमा सुधार हुन्छ । यसले सिंगो राष्ट्रलाई  समृद्धिको दिशामा लैजान सक्छ । सरकारले विशेष गरेर समृद्धिको क्षेत्रमा मुलुकलाई लैजान कर्णालीलाई सुधार गर्न आवश्यक रहेको छ । 

अहिलेसम्म पनि बालविवाह र छाउपडी कुप्रथा यहाँको प्रमुख समस्या हो । जसले विकासको क्षेत्रमा जान अघि बढाउन सकेको छैन । पहिलो चरणमा बालविवाह न्यूनीकरण गर्नुपर्छ । यसपछि क्रमशः छाउपडी कुप्रथा अन्त्य हुने दिशामा लागिरहेको छ । शिक्षा आर्जन गर्ने उमेरमा विवाह गर्छ्न् । किशोर अवस्थामा पुग्नै लाग्दा आमाबुबा बनिसक्छ्न् । यो नै पहिलो समस्या हो । 

कर्णालीको विकास कसरी गर्न सकिन्छ ? 
कर्णालीको विकासको खाकाहरु धेरै छ्न । जसले सिंगो राष्ट्रलाई समृद्धिको दिशामा अघि बढाउन मद्धत गर्छ । विगतदेखि विकासको क्षेत्रबाट पछि परेको कर्णाली अहिले विस्तारै विकासको क्षेत्रमा पाइला चाल्दैछ । कर्णालीका महिलाहरु राजनीतिक स्तरमा आउन थालेका छन् । केन्द्रीय स्तरको पहुँचमा पनि महिलाहरु विस्तारै देखिन थालेका छन् । 

कठिनाइका बाबजुद पनि विस्तारै कर्णाली उज्यालो दिशामा अघि बढिरहेको छ यसैले कर्णालीलाई राष्ट्र« विकासको क्षेत्रमा जोडांै यसले जोड्न सक्छ । कर्णालीको विकास नहुनुको भित्री रहस्य चाहिँ के हो ? मलाई कर्णालीप्रति गर्व छ । कर्णालीमा धेरै क्षमतावान व्यक्तिहरु जन्मेका छन् । तर दुःखलाग्दो कुरा कर्णाली अहिले पनि राज्यको उपनिवेशमा रहेको छ । 

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कर्णाली आयोगको अध्यक्षसमेत कर्णालीको मान्छे थिएनन् । अनि कसरी हुन्छ विकास । धादिङको मान्छेलाई आयोगको अध्यक्ष बनाएको इतिहास छ । यसरी सरकारले अर्कै ठाउँको मान्छेलाई अध्यक्ष बनाउनु के राम्रो हो ? यसबारे मुख्यमन्त्रीले सोच्नुपर्ने हो । 

डोल्पाको यार्सागुम्बालाई व्यवस्थित तवरले विकास गर्न सकेको खण्डमा यस क्षेत्रले राज्यका हरेक क्षेत्रलाई आर्थिक समृद्धिको दिशामा लैजाने छ । हामीलाई माग्ने ठाउँमा मात्र राखियो । दिने ठाउँमा राखिएन । जसका कारण कर्णालीको विकास हुन सकेको छैन । 

फेरि आफ्नै कुरातर्फ लागेँ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भएकी छु । धेरै संघर्ष गर्नुपर्यो । आजका दिनसम्म आइपुग्दा मैले धेरै कठिन यात्राहरु गुजार्नुपरेको छ । ५२ सालमा नेपाली कांग्रेस जिन्दावाद भन्दै जहाँ जहाँ कांग्रेसको कार्यक्रम हुन्थ्यो त्यहीँ त्यहीँ हिँड्न जागरुक हुन्थेँ । परिवारका सदस्यहरु पनि सोही पार्टीमा आवद्ध थिए । यसैको प्रभाव पनि हुनसक्छ । 

मुलुकमा जनता भड्काउने क्रान्ति शुरु हुनै लागेको थियो गाउँमा माओवादी द्वन्द्वका कारण युवाहरु कोही हतियार उठाउने त कोही विदेशी मुलुकमा आफूलाई जोगाउन भागाभाग चलिरहेको थियो । शहरी क्षेत्रमा बसाइ सर्नेको अवस्था बढ्दो थियो । 

विद्यालयमा पढाइ हुँदैन थियो । बालबालिकादेखि लिएर वयस्कहरु मध्यरातमा राँकेजुलुस गर्दै जनताको आधिकारिकको लडाइँको नाममा हामीलाई विद्यालयबाट शिक्षा उन्मुख दिशामा लैजान थालियो । 

६० सालतिर हामीले पनि गाउँ छाडेर सदरमुकाम आउनु पर्यो । १० वर्षे जनयुद्धलाई सफल पार्न यहाँका सर्वसाधारणहरुको मुख्य भूमिका रहेको छ । १० वर्षको बालकदेखि ६० वर्षको वृद्धसम्म हरेकले आ–आफ्नो क्षेत्रबाट संघर्ष गरेका थिए ।

तर राजनीतिको मुलधारमा पुगेपछि तत्कालीन माओवादीले उनीहरुको योगदानलाई बिर्सियो । जसका कारण विकास हुन सकेन । अहिले फेरि त्यस क्षेत्रको विकासका लागि कांग्रेसले विगतदेखि गरेको संघर्ष सफल हुने क्रममा छ  । कम्युनिष्टको नाममा कमाउनिष्टको बाटो अंगालिरहेको नेतृत्व र नेताहरूको नियत अहिले जनताले बुझेका छन् । 

गाउँमा जाँदा जनताको उल्लासमय उपस्थिति हेर्ने हो भने कांग्रेसप्रतिको माया र विश्वास नेतृत्व तहले संगठन सुधार गर्न मात्र सक्नुपर्छ । कांग्रेसले एक्लैले दुई तिहाईको सरकार बनाउन सक्छ । आफैंभित्रको लडाइँ र इखले गर्दा कांग्रेस कमजोर बन्ने अवस्थामा पुग्छ । तर अबका दिनहरूमा कांग्रेस बलियो बन्दैछ । 

आफूभित्रका गल्तीहरु सुधार गरिरहेको छ गुटको खेती अब कांग्रेसमा हुने छैन । हुनत कांग्रेस नेताहरूले नै नेता सुत्ने जनता जोगाउने अभियान रहेको आरोप लगाएका छन् । केहीले जे भने पनि यो कुरा सत्य होइन । जनता तर्साउन उनीहरुलाई कसैले प्रयोग गरेको पनि त हुन सक्छ । 

कांग्रेस नेताहरू केन्द्र, प्रदेश, जिल्ला, नगर र वडासम्मका नेताहरूले आफूलाई सुधार गर्न सकेमा कांग्रेस सुधार हुनेछ । यति सम्मकि अहिले त कांग्रेसमा सभापतिकै कमजोरी देखाउनेहरु पनि धेरै छन् । तर तल्लो तहमा पनि सभापतिहरु छन् । उनीहरुले आफूले गरेको कामको मूल्यांकन कहिल्यै गरेका छन् कि छैनन् ? पहिले आफूले गरेका कामहरूको मूल्यांकन गर्ने र गलत भएको स्थानमा तुरुन्तै सुधार गर्ने । अनि मात्र देश समृद्धिको दिशामा अघि बढछ । नत्र भने कुवाको भ्यागुतो कुवामै भनेजस्तै हो । 

यसैले कांग्रेस बनाउन हाम्रो नेतृत्वले एक मिनेट मात्र खर्चिने हो भने आउँदो निर्वाचनमा हामी दुई तिहाइ बहुमतका साथ सरकारमा सहभागी हुन्छौं । इतिहासमा बिरलै जन्मन्छन् सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जस्तो । कम बोल्ने काममा बढी ध्यान दिने स्वभावको भएकौले नाम लिँदा गर्व लाग्छ । देउवाको सही निर्णयले आज कांग्रेस स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्न पुग्यो  । 

सबैलाई मिलाएर लैजान सक्ने देउवामा खुवी छ । राष्ट्रको अभिभावकत्वको भूमिकामा रहेका देउवाबाटै आउने संघ र प्रदेशको निर्वाचनमा पनि जिम्मेवारीपूर्वक महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास छ । किनकि अब कर्णाली प्रदेशलाईसमेत समृद्ध बनाउनु छ । बोलीले होइन व्यवहारले नै कर्णालीलाई समृद्ध बनाउन सकेमात्र त्यहाँको प्राकृतिक स्रोतले देशै धनी हुनेछ । (कालीकोटकी शाही कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ