arrow

सुस्तामा सुरक्षित आश्रय भवन निर्माण

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
susta-map-new.jpeg
नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस्तावासीलाई तत्कालका लागि सुरक्षित आश्रयस्थलमा राख्ने उद्देश्यले सो भवन निर्माण गरिएको हो । 
 
नेपाल भारत सीमा बाढी उत्थानशील समुदाय परियोजना अन्तर्गत बाढीको समयमा सुस्ताका समुदायलाई सुरक्षितस्थलमा रहनका लागि सो भवन निर्माण गरिएको हो । 
 
जिल्ला दैविक प्रकोप उद्धार समिति, नवलपरासीसँग समन्वय गरी ‘लुथरन वल्र्ड रिलिफ’को सहयोगमा सहमति संस्थाद्वारा सञ्चालित सो परियोजनाले सो सुरक्षित आश्रय भवन निर्माण गरिदिएको हो । 
 
सहमति संस्थाको रु १५ लाख र जनश्रम दान रु दुई लाख गरी कुल रु १७ लाखको लागतमा भवन निमार्ण पूरा भएको सहमति संस्थाका लेखा अधिकृत सुुवास देवकोटाले बताए । 
 
सो सुरक्षित आश्रय भवनमा महिला र पुरुषलाई फरक ÷फरक कोठामा बस्ने गरी ५०० जनाको क्षमता रहेको छ । यसरी सुस्तामा पहिलो पटक गैरसरकारी संस्थाको सहयोगमा सुरक्षित आश्रय भवन निर्माण भएपछि सुस्तावासी हर्षित बनेका छन् । 
 
यसबाहेक सुस्तामा बाढी आएको बेलामा सबै सुस्तावासीलाई सूचना प्रदान गर्न आकश्मिक साइरन, स्टेचर, पूर्व सूचना प्रणालीलाई आधुनिकरण गर्न ‘स्माट’ फोन सहयोग गरेको कार्यक्रम संयोजक सुरेश पौडेलले जानकारी दिए ।  । 
 
साथै सुस्तामा बाढी आएमा बच्न आवश्यक लाइफ जाकेटलगायत अन्य आवश्यक सामग्री समेत सुस्तावासीलाई प्रदान गरिएको छ । 
 
सुस्तामा वर्षाको समयमा पटक÷पटक नारायणी नदी गाउँमा बस्ने गरेपछि सुस्तावासीलाई वर्षाको समयमा निकै कठिनाइ हुने गरेको थियो । यद्यपि सुस्ताको अग्लोस्थानमा सुरक्षित आश्रय भवन निर्माण भएपछि वर्षाको समय थप सजिलो हुनेमा सुस्तावासी आसावादी बनेका हुन् । 
 
सुस्तामा सहमति संस्थाले यस अगावै रु चार लाखको लागतमा कल्वट, रु तीन लाखको लागतमा सडकको स्तरोउन्नति लगायतका काम समेत गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ