प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ : सिलवाल
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
2k
Shares
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको बताएका छन् ।
एमाले संसद सिलवालले प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाए ।
उनले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाउँदै एमालेको विरोध रहेको जनाए ।