प्रतिनिधि सभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक बहुमतले पारित
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
1.7k
Shares
काठमाडौं । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन० विधेयक २०७९ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।
उक्त प्रस्तावलाई निर्णयार्थ पेस गर्नुअघि बैठकमा छलफल भएको थियो भने सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाँणले जवाफ पनि दिएका थिए ।