काठमाडौं । राष्ट्रपति भवन शीलत निवासमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको तीज तथा जितिया वर्प विशेष कार्यक्रममा महिलाकोबीचमा पुरुष पनि मिसिए । महिलाको हुलमा पुरुष फितला देखिए ।
हुन त अहिले राज्यका हरेक निकायमा महिला नेतृत्वले पनि ठाउँ पाएको छ । तीज कार्यक्रमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, कलाकारहरु उपस्थित रहे ।
महिलाले मनाउने तीज अहिले निकै भिन्न भएको छ । परिवर्तित नयाँ सस्कारमा पुरुषलाई कुनै रोक–तोक छैन । अहिले पुरुषले जीजका गीत गाउने र नाच्ने त झन् सामान्य भइसकेको छ । तर, महिलाले खाने दर समेत पुरुष पनि खान थालेका छन् । मात्र, यत्ति फरक छ । महिलाले ब्रत बसेर दर खाने चलन छ । पुरुष ब्रत नबसी दर खाने प्रचलन भित्रिएको छ ।
शीलत निवासमा राष्ट्र प्रमुखले आयोजना गरेको कार्यक्रममा नजाउँ भने पनि भएन । त्यसैले सबै ओहदाका पुरुषहरु पनि कार्यक्रममा देखिए । कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व मुलुकको सुन्दर सांस्कृति धरोहर भएको बताइन् ।
राष्ट्रति भण्डारीले नेपालको सांस्कृतिक विविधताले नेपालीबीच एकता कायम गर्न सफल भएको समेत बताइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपालका चाडपर्व सुन्दर सांस्कृतिक धरोहर हुन्, जसले नेपालीबीचका एकतामा सुदृढ बगैँचाका रुपमा ल्याएको सफल भएको छ ।’ राष्ट्रपतिले चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, भाइचारा र मित्रताको सुभाष छाइरहेको छ र आगामी दिनमा पनि छाइरहनेमा आफू पूर्ण विश्वस्त रहेको बताइन् ।
देशमा मनाइने चाडपर्वले मुलुकको संस्कृति, कला भेषभूषा र कला संस्कृतिलाई समृद्ध बनाएको उल्लेख गर्दै भण्डारीले थपिन्, ‘नेपाली उर्भर माटोमा फलेका फुलेका सबै चाडपर्वमा आफ्नै मौलिकता तथा विशेषताहरु छन्, बदलिँदो परिवेशमा सबै प्रेरणादायी बन्न सकुन् ।’
राष्ट्रपति भण्डारीले विगतको समीक्षा गर्दै कमीकमीजोरी हटाउँदै असल र महान् कार्यका लागि यी चाडपर्वले हौसला प्रदान गरुन् भन्ने कामनासमेत गरिन् ।