arrow

बाजुरामा भूकम्प गयो

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
bajura-bhukampa-1.jpeg
काठमाडौं । बाजुरामा भूकम्प गएको छ । शनिबार साँझ करिब ५ बजेर ४८ मिनेट जाँदा भूकम्प गएको हो । सैपाल आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
 
भूकम्पले बाजुरा सदरमुकाम सम्म हल्लाएपनि क्षति भने नभएको हाम्रा जिल्ला सहकर्मीले जनाएका छन् । 
 
गएको वर्ष वैशाखमा आएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन भने, नयाँ नयाँ क्षेत्र भएर आउने स–साना भूकम्पहरु आउने क्रम जारी छ । 
 
बाजुरा अघि बझाङमा लगातार ३ वटा भूकम्प गएको थियो । बझाङ भूकम्पको उच्च जोखिम मानिएको क्षेत्र हो । यस्तै, केही दिन अघि म्यान्मारमा गएको भूकम्पले नेपालको पूर्वी क्षेत्र हल्लाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ