arrow

पारा रियो ओलम्पिकमा सहभागि हुने टोलीको विदाई

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
Para-rio-new.jpeg
काठमाडौं । ब्राजिलको रियोमा हुने पारा ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई ह्याप्पी साइन्स नेपालले विदाई गरेको छ ।
 
सेप्टेम्बर ७ देखि १८ तारिखसम्म हुने पारा ओलम्पिकमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एथ्लेटिक्सतर्फ लन्डन ओलम्पिकमा समेत सहभागिता जनाएका विक्रमबहादुर रानाले टी– ११ क्याटगोरी अन्तर्गत १ सय मिटर दौडमा भाग लिने छन् । 
 
पौडीतर्फ एस– ६ क्याटगोरीमा लक्ष्मी कुँवरले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । सेभ दि मिसनमा ओमनाथ सिवाकोटी तथा पौडी अफिसियलमा नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् ।
 
टोलीलाई ह्याप्पी साइयन्स नेपालका अध्यक्ष दिनेशमान जोशीलगायतले ट्रयाकसुट प्रदान गरी बिदाइ गरे । टोली अगष्ट ३१ तारिख रियो प्रस्थान गर्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ