arrow

सीपीसीका विदेश विभाग प्रमुख बालकोटमा, दिउँसो नेपाललाई भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
oli-chinas.jpg

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओ बालकोट पुगेका छन् ।

नेता चियान्चाओ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न निवास बालकोट पुगेका हुन् । 

दुवैबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा एमालेका तर्फबाट डा. राजन भट्टराई, विष्णु रिमालगायतका नेताहरू सहभागी छन्। 

नेपालको चार दिने भ्रमणमा रहेका जियानचाओले बालकोटपछि आजै एमालेबाट छुट्टिएको एकीकृत समाजवादीका शीर्ष नेतालाई भेट्दै छन् । 

आज दिउँसो एभरेष्टमा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई भेट्ने छन् । 

हिजो चियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ