arrow

यसरी हुँदैछ उपसभामुखको चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
samsad0new.png

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ । योसंगै साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका हुन् । उपसभामुख पद लामो समयदेखि रिक्त छ ।

२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन । असार ३० गते बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने विज्ञप्तिमा उल्लेख छ । 

त्यही दिन साढे १ बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र र ३१ गते शुक्रबार दिउँसो ३ बजे बैठकमा उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरिने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ