arrow

असी राउन्ड गोलीसहित मोबाइल चोर अठार वर्षे प्यारे पक्राउ 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ असार २९ बुधबार
mobile-thief.jpg

झापा । झापाको भद्रपुर नगरपालिका वडा न ५ का १८ वर्षीय मोहम्मद प्यारे मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । मोबाइल चोरीमा संलग्न उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसमेत बरामद गरिएको  छ ।   

यही असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसल भित्र रहेका विभिन्न कम्पनीका २९ थान  मोबाइल, २ थान घडी र नगद रु ६१ हजार ५०० गरी जम्मा रु ५ लाख अठार हजार दुई सय बराबरको चोरी भएको भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई २८ गते राति पक्राउ गरेको हो ।

 पक्राउ परेका प्यारेको घरबाट चोरी भएकामध्ये १ थान मोबाइल,  २७ थान मोबाइल चार्जर र ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो । यसका साथै निजले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको तालासमेत बरामद भएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ