arrow

प्रधानमन्त्री देउवाको अडान – कुनै हातलमा प्रहरीलाई अहिले हतियार किनिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
congress-central-committee-meeting-2079-03-27.jpg

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृहमन्त्रीलाई निर्देशन दिने बताए ।

नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।

‘प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं’, सभापति देउवाले बैठकमा भनेका थिए। 

प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ