arrow

गर्भ जाँच गराउनबाटै वञ्चित

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
pregnant.jpeg
खोटाङ । जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एकमात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् । 
 
विद्युत्को हाइभोल्टेजका कारण अढाइ महिनाअघि बिग्रिएको एक्स–रे मेसिन पुनः सञ्चालन गर्न नसक्दा गर्भ जाँच गराउनबाट वञ्चित भएका अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताए ।
 
 “बिग्रिएको एक्स–रे मेसिन नेपालमा नबन्ने रहेछ ।” उनले भने – “विभाग तथा दाताहरुलाई नयाँ उपलब्ध गराइदिन अनुरोध गरिरहेका छौँ ।” 
 
अस्पतालमा भिडियो एक्स–रे नभएपछि गर्भवती महिलालाई जोखिम मोलेर बच्चा जन्मने महिना कुर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
 
विसं २०४८ सालमा स्थापना भएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ ।
 
जिल्लाको एकमात्र प्रसूति सेवासहितको अस्पतालमा भिडियो एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीको आरोप छ । 
 
वृद्धवृद्धाको भजनगृह भवन निर्माणका लागि रकम अभाव 
 
दिक्तेलमा सामूहिक भजनगृह भवन निर्माणका लागि जुटेका खोटाङका वृद्धवृद्धालाई रकम अभाव भएको छ । सदरमुकाम दिक्तेलको कर्म मन्दिर नजिक निर्माण सुरु गरिएको भजनगृह पूरा गर्नका लागि रकम अभाव भएको हो । 
 
जिल्ला विकास समितिले रु चार लाख ७१ हजार र दिक्तेल नगरपालिकाले रु एक लाख ३० हजार दिएपछि ज्येष्ठ नागरिक सङ्घले दिक्तेलमा भजनगृह भवन निर्माणको काम थालेको थियो ।
 
 जिविस र नगरपालिकाले दिएको रकमले भवन निर्माण पूरा नहुने भएपछि आर्थिक सङ्कलन सुरु गरिएको सङ्घका उपाध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
 
सङ्घमा आबद्ध वृद्धवृद्धाले भजन कीर्तन गर्दै अहिलेसम्म रु ५० हजारभन्दा बढी रकम सङ्कलन गरेको उपाध्यक्ष घिमिरेले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ