arrow

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
narabahadur-khapangi.jpeg
काठमाडौं । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन भएको छ । काठमाडौ बाँसबारीस्थित न्यूरो अस्पतालमा शनिबार मध्यराति ७० वर्षको उमेरमा उनको निधन भएको हो । 
 
२०५९ साल भदौ २२ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी महिला तथा बालबालिका मन्त्री बनेका थिए ।
 
२०७० साल बैशाख १२ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा भएको आदिवासी जनजाति चलचित्र महोत्सवमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो ।
 
दुर्घटना लगत्तै अर्धचेत भएका पूर्व मन्त्री खपाङ्गीको अन्नपूर्ण न्युरो अस्पतालमा पहिलो शल्यक्रिया गरिए पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई सिंगापुर लगेर थप उपचार गरिएको थियो । दुर्घटना पछि उनी बोल्न र चल्न नसक्ने भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ