काठमाडौँ । महिला राष्ट्रपति भएपछि त्यसको भरपूर फाइदा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएकी छिन् । भलै कम्युनिष्ट राजनीतिबाट आएकी किन नहोउन् उनलाई ईश्वरको नाममा सपथ लिन कुनै कम्युनिष्टले रोकेन । मधेस आन्दोलन चर्किएका बेलामा जनकपुरको जानकी मन्दिर जान कसैले रोकेन । त्यतिमात्र होइन हुँदाहुँदा राष्ट्रपति भवन शितलनिवासमा तीजकै कार्यक्रमसमेत भएको छ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वमन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेतृहरु, कलाकारहरुको उपस्थित रहेको थियो। यसैमेसोमा उनले चाडपर्व मुलुकको सुन्दर सांस्कृति धरोहरसमेत भएको बताएकी छिन्।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयले नै शनिबार आयोजना गरेको तीज तथा जितीया पर्व विशेष सांस्कृतिक कार्यक्रममा उनले नेपालको सांस्कृतिक विविधताले नेपालीबीच एकता कायम गर्न सफल भएकोसमेत भन्न भ्याइन्।
सो अवसरमा नेपाल सांस्कृतिक संस्थान, नेपाल निजामती कर्मचारी सङ्घ, सैनिक श्रीमती सङ्घ, प्रहरी परिवार श्रीमती सङ्घले तीजसँग सम्बन्धित विशेष सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।