arrow

जीर्ण अवस्थाको रुपन्देही खेलकुदलाई चलायमान गराउने छु: हरी

logo
नारायण वली,
प्रकाशित २०७९ असार ३२ शनिबार
rupendehi-khelkud-bikash-samiti.jpg

रुपन्देही । चालीस वर्षदेखि यता देशमा अवस्था, व्यवस्था र नेतृत्व फरिए । यो अवधिमा केही क्षेत्रमा आंशिक परिवर्तन भएको देखियो तर रुपन्देहीस्थित बुटवलमा रहेको रुपन्देही जिल्ला खेलकुद विकास समितिको अवस्था भने ज्यूँ का त्यूँ छ । भौतिक, खेलकुद र आर्थिक स्थितिको अवस्था निकै नाजुक अवस्था रहेको छ । 

समितिमा राजनितिक शक्तिका मान्छेहरु नियुक्ति हुने र खेलकुद एव‌ं भौतिक संरचनाको स्थितिलाई सुधार्न भन्दा कसरी विनियोजित रकमलाई खाने भन्ने मानसिकताले गर्दा पनि फस्टाउन नसकेको कार्यक्रममा सहभागी खेलकुदमा सहभागी हुँदै आएका नाम नबताउने सर्तमा एक खेलकुद प्रेमीले भने । उनले भने, यहाँ नेताको पावरमा आउने र खेलकुदको विकास भन्दा पनि राजनितिक थलो गराउने भएकाले समितिको भौतिक संरचनाको संरक्षण र खेलकुद प्रभावित बन्न पुगेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि नवनियुक्त रुपन्देही खेलकुद विकास समितिका पदाधिकारीहरुलाई पदभार गरिएको छ । पदभार कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश खेलकुद विकास समितिका अध्यक्ष जयप्रकाश भट्टराईले नियम कानून र कार्यविधिले भेटेसम्म खेलकुदलाई अगाडि बढाउने कुरामा सधै साथमा रहने बताए । खेल एउटा पर्यटकहरु भित्र्याउने माध्यम भएकाले यसको विकास आवश्यक रहेको औंल्याए ।

साथै उनले खेलकुदले मानिसलाई हार र जितलाई सकारात्मक रुपमा बुझाउने भएकाले सामाजिक विकृतिलाई निरुत्साहित गर्न मद्दत पुग्ने भन्दै खेल स्वास्थ्यका लागि फाइदाजनक र खेल एउटा स्वच्छ विधा भएको चर्चा गरेका थिए । सदस्य सचिव भट्टराईले नवनियुक्त पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए । 

लुम्बिनी प्रदेश खेलकुद परिषदले असार १८ गते प्रदेश खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम १ अनुसार अध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरी) लाई अध्यक्षमा नियुक्त गरेको थियो । 

जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रांगणमा अध्यक्ष क्षेत्रीसहित उपाध्यक्ष जयबहादुर सुनार, कोषाध्यक्ष परागदास गोर्खाली र सदस्यहरु पशुपति उपाध्याय, रामबहादुर थापा, अर्जुन क्षेत्री, रमेश थापा, राधिका चौधरी र रिता पाण्डे खत्रीले सपथ लिएका हुन् । 

 कार्यक्रममा नवनियुक्त रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षत्री (हरीले) आफ्नो सानै उमेरदेखि खेलप्रति रुचि भएको र धेरै खेल खेलेकाले खेल क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको जानकारी भएकाले कोही कसैले राजनीतिक गर्न नपाइने निर्देशन दिँदै खेल क्षेत्रमा कोही कसैले राजनितिक गरे त्यो राम्रो नहुने स्पष्ट पारे । नवनियुक्त कार्यसमितिहरुलाई खेल क्षेत्रलाई अगाडि बढाउने खालका प्रस्ताव ल्याउन र ती प्रस्तावहरुमाथि छलफल गरी कार्यान्वयन गरिने जनाएका थिए ।

अध्यक्षले हरीले  करिब ४० वर्षदेखि यता जिल्लाको खेलकुद क्षेत्र सोचे जस्तो नभएको र जीर्ण हुँदै गएको भौतिक संरचनाको रुप फेर्ने आफ्नो पहिलो काम हुने बताउँदै, अव्यवस्थित खेल क्षेत्रलाई विकसित गराउनका लागि सरकारका कुन मन्त्रालयमा पुगी बजेट ल्याएर परिवर्तन गर्ने हो त्यो क्रमिक रुपमा बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । आफूले सके जति विकास गर्नका लागि तन मन धनसमेत लगाएर लाग्ने बताए ।  

सो अवसरमा कार्यालयका कर्मचारीहरुले नवनिर्वाचित पदाधिकारीहरुको स्वागत गर्दै जीर्ण भौतिक संरचनाको शिथिल अवस्थामा, हाल कार्यालय परिसरको प्राङ्गणमा ६/७ वटा ट्रेनिङ भैरहेको, आर्थिक स्रोत नभएकाले कार्यालय सहयोगीसमेत राख्न नसकिएको जस्ता समस्या सुनाउँदै आगामी दिनमा नवनियुक्त पदाधिकारीहरुलाई खेलकुदलाई बजेट आपूर्ति गरी चलायमान गराउन  आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ